काठमाडौँ । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा भागदौड मच्चिएको छ । संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। मतदानकै विषयमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनकाबिच सुरुमा भनाभन भए पनि त्यपछि हातपात र झडपको स्थिीति सिर्जना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन । घटनाका विषयमा थप जानकारी आउन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया