काठमाडौं। श्रीमतीको भोट श्रीमानले हाल्न खोज्दा बझाङमा लोकतान्त्रिक र बाम गठबन्धनबिच झडप भएको छ । स्थानीय देवराज पाध्यकी श्रीमतीको भोट देवराजले हाल्न खोज्दा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । थलारा गाउँपालिका–१० मा रहेको शैलेश्वर निमावी मतदान केन्द्रमा झडप हुँदा केही बेर भागदौड मच्चिको हो । थलारा गाउँपालिका–१० का एमाले कार्यकर्ताले श्रीमतीको भोट श्रीमानले हाल्न नपाउने अडान लिएपछि झडप भएको हो। झडपपछि प्रहरीले बल प्रयोग गरेपछि अहिले उक्त थलारा गाउँपालिका–१०मा माहोल केही शान्त भएको छ ।

तपाईको प्रतिक्रिया