काठमाडौँ । थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गर्न सफल भएको छ। महिला विश्वकप क्रिकेट छनोटअन्र्तगतको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपाली बलरहरुका सामू चीनका कुनै पनि खेलाडी लामो समय टिक्न सकेनन् ।

कप्तान रुविना क्षेत्री र सबनम राईले समान ३ विकेट लिए । सिता राना मगरले २ र रितु कनौजियाले समान १ विकेट लिए । थाइल्यान्डका २ खेलाडीले मात्र दोहोरो आँकडामा रन बनाउन सके । चीनले १८।२ ओभरमा ५२ रन बनाउँदै अल आउट भयो। चीनका लिउ जियाउनन ३, फेङफेङ सङ १ तथा झाङ चान सुन्य रनमा आउट भएका थिए। नेपालकी सबनम राईले र रुविना क्षेत्रीले ३र३ विकेट लिन सफल भए। त्यस्तै, सीता राना मगरले दुई तथा करुणा भण्डारीले एक विकेट लिएकी छिन्।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय दुई रन बनायो। समूहको अन्तिम खेलमा राम्रो सुरूवात गर्न नसकेको नेपालले १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो।

तपाईको प्रतिक्रिया