एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँलो देखाउने एक जना महिलाको जागिर गएपनि अर्का पुरुषको भने नगएपछि ति महिलाले आँफुलाई कम्पनीले अन्याय गरेको आरोप लगाएकी छिन् । जुली ब्रिस्कमान नाम गरेकी महिलाले सामाजिक सञ्जालको नीतिविपरीत काम गरेको आरोप लगाउँदै उनलाई जागिरबाट निकालिदिएको हो । यद्यपि ब्रिस्कमानले भने आफ्नै अर्को पुरुष सहकर्मीले पनि सोही प्रकृतिको गल्ती गरेको तर उनले चाँडै आफ्नो पोष्ट मेटेको कारण जागिर गुमाउनु नपरेको तर आफूलाई भने निकालिएको आरोप लगाएकी छिन् । यद्यपि ब्रिस्कमानले आफ्नो हर्कतमा आफूलाई कुनै पश्चात्ताप नभएको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया