रुकुम । प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेपछि रुकुममा केही बेर हंगामा नै मच्चिएको छ । पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र ९क० बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको प्रहरीले जनाएको छ । पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको हुन सक्ने प्रहरीको अनुमान छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ । आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । २५० मत खसेको मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया