भनिन्छ, हिन्दी फिल्म इतिहासमा अमिताभ बच्चनजस्ता लोकप्रिय स्टार अरू कोही छैन । अमिताभको फिल्म हेर्न एक महिनासम्म हल हाउसफुल भएका मात्रै होइन, टिकटमा कालोबजारीका घटना पनि धेरै भए ।अमिताभको लोकप्रियताको तुलना आजका शाहरुख–आमिर–सलमान खानसँग पनि गर्न नमिल्ने केही फिल्म समीक्षकहरू दाबी गर्छन् । हालै एक फ्यानले ट्विटरमा एउटा तस्बिर पोस्ट गरेका छन्, जसमा अमिताभ स्वयंले पनि रिट्विट गरेका छन् । यो तस्बिरले अमिताभको लोकप्रियता दर्साएको छ । तस्बिर ‘डन’ रिलिज हुँदाताका अर्थात् सन् १९७८ को हो । मुम्बईस्थित न्यु एक्सिलियर सिनेमामा डनको अग्रिम बुकिङ चलिरहेको वेला खिचिएको थियो ।नयाँ पत्रिकाले छापेको छ ।

टिकट लिनेको लाइन निकै लामो देखिन्छ । त्योवेला दुई घन्टाभन्दा लामो समय लाइन बसेर डनको टिकट लिनुपर्ने अवस्था थियो । टिकट पाउँदा युद्ध जितेजस्तो हुन्थ्यो । पहिलो सोका लागि टिकट नपाए त्यही लाइनबाट दोस्रो सोको टिकट वितरण हुन्थ्यो ।

तपाईको प्रतिक्रिया