अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘पद्मावती’को भारतमा विरोध भइरहेको छ । राजपुत कार्निक सेना र केही राजनीतिक दलको विरोध प्रदर्शनपछि फिल्मको रिलिज पनि तत्काल नहुने भएको छ । फिल्मसँग जोडेर दीपिकालाई धम्की आइरहेका छन् ।

यो क्रममा एकजना अभिनेताले भने दीपिकाको सुरक्षाका लागि बडिगार्ड बन्न तयार रहेको प्रतिक्रिया दिएका छन् । ‘बिग बोस’बाट चर्चामा आएका अभिनेता एजाज खानले दिएको प्रतिक्रिया युट्युबमा भाइरल भएको छ । उनले कार्निक सेनालाई नारीको रक्षा नगर्ने पागलको संज्ञा दिएका छन् । कार्निकले दीपिकाको नाक काट्ने चेतावनी दिएको थियो । एजाजले अगाडि भनेका छन्, ‘म दीपिकालाई भन्न चाहन्छु कि उनी मलाई आफ्नो बडिगार्ड राखून्, सुरक्षाको जिम्मा म लिन्छु ।’ उनले सञ्जयलीला भन्सालीको पनि बचाउ गरेका छन् ।नयाँ पत्रिकाले छापेको छ

राजस्थान चितौडकी रानी पद्मावतीमा आधारित यो चलचित्रमा दीपिका रानीकै भूमिकामा छिन् । सुटिङकै क्रममा विवादित बनेको फिल्मले ऐतिहासिक तथ्य बंग्याएको आरोप विरोधमा उत्रिएको राजपुत कार्निक सेनाले लगाएको छ । यो राजपुत समुदायको संगठन हो । गत वर्ष राजस्थानमा सुटिङ हुँदा उनीहरूले सुटिङस्थलमै आक्रमण गरेर निर्देशक भन्सालीलाई झापड हानेका थिए ।

दीपिकाको नाक काट्ने चेतावनी दिएको कार्निक सेनाले फिल्ममा प्रतिबन्ध लगाउन माग गरेको छ । १ डिसेम्बरमा फिल्म रिलिज गर्ने पूर्वनिर्धातिर कार्यक्रम थियो । अब तत्काललाई रिलिज नहुने भएको छ ।

तपाईको प्रतिक्रिया