काठमाडौं : पूर्व सभामुख ओनसरी घर्ती र माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् । माओवादी तथा पति पत्नि घर्ती र पुनले रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि स्थित एउटै मतदान केन्द्रबाट मतदान गरेका हुन् । यस्तै आज निर्वाचन भएका ३२ जिल्लामा अहिले शान्तीपूर्ण रुपमा मतदान जारी छ । यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्।

नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिराञ्चोक गाउँपालिका ८ को परोपकार आदर्श मावि जौबारीबाट माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका हुन्। ढाका टोपीमा सजिएर श्रेष्ठले मतदान गरेका नेता श्रेष्ठ निकै नै हर्षित मुद्रामा देखिन्थे । यसैबिच मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले चलिरहेको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ ।

चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नु भएको तथा अहिले मतदान कार्य शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया