काठमाडौं । पहिलो चरण अन्तर्गत आज ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि मतदाताहरु निस्किसकेका छन् । मतदाता परिचयपत्र लिएर बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने छ । कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका वा हराएको भए अरु परिचय पत्रको आधारमा पनि मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लामा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा ढुक्क भएर मतदान गर्न सबै मतदातलाई निर्वाचन आयोगले आग्रह गरेको छ । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदाताले लाइन बस्न नपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताका लागि २ हजार ९ सय १९ मतदानस्थलामा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।

आज मतदान हुने जिल्ला र प्रदेश यस प्रकार रहेका छन् । प्रदेश नम्बर– १ पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ । पहिलो चरण अन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर र संखुवासभामा चुनाव हुनेछ ।

प्रदेश नम्बर–३ प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरण चुनाव हुनेछ । प्रतिनिधिसभाका लागि नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा दुईरदुई वटा निर्वाचन क्षेत्र रहेका छन् । रसुवा, दोलखा र रामेछापमा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश नम्बर–४ प्रदेश नम्बर चारका ६ वटा जिल्लामा चुनाव हुनेछ । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा चुनाव हुँदैछ । बागलुङ र गोरखामा दुईरदुई तथा अन्य जिल्लामा एकरएक गरी ८ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव हुनेछ ।

प्रदेश नम्बर–५ प्रदेश नम्बर पाँचका रुकुम पूर्वी भाग र रोल्पामा पहिलो चरणमा चुनाव हुँदैछ । यी जिल्लामा दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा सबैभन्दा कम क्षेत्र पनि प्रदेश नम्बर पाँचमै छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश नम्बर–६ प्रदेश नम्बर ६ का सातवटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । यो प्रदेशमा १० वटा जिल्लामा १२ वटा मात्रै निर्वाचन छन् । यीमध्ये रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव हुन लागेको हो । यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् । सल्यान, सुर्खेत र दैलेखमा भने दोश्रो चरणमा चुनाव हुनेछ । बाँकी जिल्लामा ५ वटा निर्वाचन क्षेत्र छन् ।

प्रदेश नम्बर–७ प्रदेश नम्बर ७ का चार वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा चुनाव हुन लागेको हो । यी जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र रहेका छन् ।

तपाईको प्रतिक्रिया