अधिवक्ता सुजित के.सी

दलाई लामाले केहि दिन अघि बुद्ध नेपालमा नभई ईण्डियामा जन्मिएको भन्ने भ्रामक र आपत्तिजनक अभिव्यक्ति दिएका छन् । ईण्डिया र पश्चिमाहरुको निर्देशनमा नै उनले उक्त अभिव्यक्ति दिएको प्रष्ट हुन्छ । ईण्डियनहरुले समेत पटक पटक बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएको तथ्य सबैमा प्रष्ट नै छ । भारतमा राजनितिक शरण लिएर बसेका दलाई लामा आफूलाई बुद्धको अवतार नै सोच्दछन् । उनलाई उनका अनुयायीहरु बुद्धको १४ औं अवतारी मान्दछन् । उनी एक चीन निति विरुद्ध तिब्बतलाई चीन अलग गराउने अभियानको नेतृत्व पनि गर्दछन् । उनले यस अभियानका लागि सशस्त्र द्घन्द समेत नै शुरु गर्ने प्रयास गरेका थिए ।

दलाई लामा तिनै व्यक्ति हुन जसले नेपालमा खम्पा विद्रोहको सुत्रपात गराएका थिए । सबैलाई स्मरण नै छ खम्पा विद्रोह तिब्बतलाई चिनबाट अलग गराउन संचालन गरिएको सशस्त्र अभियान थियो । जसलाई राजा विरेन्द्र्रले दबाउन निर्देशन समेत दिएका थिए । उनकै निर्देशनमा नेपाली सेनाले खम्पा विद्रोहीहरुलाई परास्त गरेको थियो । उक्त विद्रोह ईण्डिया र पश्चिमाहरुको आर्थिक र सैन्य सहयोग तथा समर्थनमा भएको थियो । पश्चिमाहरुको समर्थक भएकै कारण उनलाई नोबल शान्ति पुरस्कार पनि थियो । तिब्बतलाई चीनबाट अलग गर्न भनि सशस्त्र द्धन्दकै शुरुवात गरेकालाई नोबल शान्ति पुरस्कार जस्तो ठूलो पुरस्कारबाट विभूषित गरेको कारण चीनले घोर भत्र्सना र विरोध समेत गरेको थियो ।

बुद्ध इन्डियामा जन्मेका हुन् भनी उनले गल्तीले पनि बोल्न नसक्ने कुरा पुरा होसमा रहेर बोलेका हुँदा उनको भनाइको नियोजित हो भन्ने बुझ्न सकिन्छ । उनको अभिव्यक्तिले उनको आसय र उद्देश्य समेत बुझ्न सकिन्छ । बुद्ध नेपालमा जन्मिएको तथ्यलाई संसारले स्वीकारेको अवस्थामा बुद्ध धर्मकै धर्म गुरुले यस्तो अभिव्यक्ति दिनुले उनी धर्म गुरु नभए ईण्डिया र पश्चिमाहरुको प्रचारक हुन भनि बुझ्न सकिन्छ । यस कुरालाई नेपालले भत्र्सना गर्नुपर्दछ भने दलाई लामालाई नेपालमा प्रतिबन्ध समेत लगाउनु पर्दछ । उनको अभिव्यक्तिले स्वतन्त्र देशको सार्वभौमिकतामा समेत आच पु¥याउने काम भएको छ ।

जसरी विगतमा ईण्डियाले नेपाललाई हेपेको थियो । जुन दृष्टिकोण ईण्डियनहरुको नेपालप्रति थियो अहिले त्यहि दृष्टिकोण दलाई लामाले व्यक्त गरेका हुँदा उनी भारतीय एजेण्ड भएको प्रष्ट हुन्छ । तसर्थ उनको गतिविधिलाई नेपाल सरकारले गम्भीरता पूर्वक लिई चीनको कुटनितिक सम्बन्धलाई समेत विचार गर्दै उनलाई नेपालमा गतिविधि गर्न समेत पूर्ण रुपमा निषेध नै गर्नुपर्ने हुन्छ । अन्यथा भविष्यमा दलाई लामा कै कारण नेपाल चीन सम्बन्धलाई समेत नकारात्मक प्रभाव पर्ने छ ।

तपाईको प्रतिक्रिया