नेपालगन्ज, मंसिर ९ । बजार अनुगमन टोलीले नवीकरण नगरी सन्चालन गरिरहेकोे नेपालगन्जका एक औषधि पसल र एक डेन्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सन्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेन्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो ।

नेपालगन्जको बिपी चोकस्थित बिन्दवासिनी मेडिकल हल र बाँके डेन्टल क्लिनिकको कारोबार बन्द गरेको हो ।

अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा ‘फारमेसिस्ट’ व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सन्चालन गरेको फेला पारेको जनाएको छ ।

तपाईको प्रतिक्रिया