काठमाडौं, मंसिर ९ । निर्बाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधीसभा निर्बाचनमा मतदाता परिचयपत्र हराएका वा नष्ट भएका मतदातालाई समेत मताधिकारको प्रयोग गर्न दिने भएको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र नलिएका, कुनै कारणबंश परिचयपत्र हराएका वा नष्ट भएका मतदाताको मताधिकार सुरक्षित गर्न भन्दै मत हाल्न दिने भएको हो । आयोगका प्रबक्ता नवराज ढकालले आयोगले वितरण गरेको फोटोसहितको परिचयपत्र कुनै कारणले हराएको वा नष्ट भएको भए पनि मतदान गर्न दिइने बताए । -राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया