काठमाडौँ । रुकुममा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । नवविवाहित जोडी सवार ग। १ ज ४२६० नम्बरको जिप रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेका बेला दुर्घटनामा पर्दा ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए । त्यस्तै घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् । घटनामा मुसिकोट नगरपालिका १ का जनक शाह र सुरेखा शाह तथा त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री रहेका छन् ।

तपाईको प्रतिक्रिया