google-hideएजेन्सी । विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली सर्च इञ्जिन गुगलले पनि केही कुरा लुकाउँछ भन्दा पत्याउन मुस्किल पर्ला । तर गगुललाइृ थाहा भएको तर सुरक्षा संवेदनशिलताका कारण बाहिर नदेखाएका त्यस्ता स्थानहरु पनि छन् ।

स्रोतका अनुसार ति स्थानहरु अमेरिका, चीन रुस र इजराइल लगायतका देशमा रहेको गुगल स्वयमले नै उल्लेख गरेको छ ।

यि देशहरुका ति स्थानहरुलाई गोप्य भन्दै गुगलले हेर्न नमिल्ने बनाएको देखिन्छ । ति स्थानलाई गुगलले ब्लक गरेर हेर्न नमिल्ने बनाएको छ। जसमध्येको मुख्य स्थान हो अमेरिका र मेक्सिकोको सिमा क्षेत्रको १५ माइल क्षेत्र ।

यो क्षेत्रलाई गुगलले ब्लक गरेको छ भने गुगलबाट नेदरल्याण्डको भोलकेल एयरवेस हेर्न सकिदैँन । यसलाई त्यहाँका सेनाहरुले प्रयोग गर्दै आएका छन्। त्यहाँ ऐरा न्युक्लियर राखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।

त्यस्तै चीनको नेसनल सेक्युरिटीको मुख्यालयलाई पनि गुगलले ब्लर गरेको छ । जहाँ इन्टेलिजेन्सहरु भेला हुन्छन् । नाटो एयरवेस गेलसेलकिरचेन पनि सुरक्षा सर्तकताका दृष्किोणले निकै संवेदनशिल मानिन्छ । जुन नर्थ एटलान्टीक ट्रिटी संस्थाको एयरवेस हो ।

तपाईको प्रतिक्रिया