नेपालगन्ज ०८ मंसिर । बाँकेमा विवेकशील साझा पार्टीेका उम्मेदवारहरुप्रति मतदाता सकारात्मक देखिएका छन् । विवेकशील साझा पार्टिको बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोलीले आज नेपालगन्जको वडा नं. १ वाटरपार्क क्षेत्रमा गरेको घरदैलोमा मतदताले आफुहरुले भरपर्दाे विकल्प पाएको प्रतिक्रीया दिएका छन् । वर्षौदेखि विकासको अपेक्षामा बस्दा आजित भइसकेको भन्दै उनीहरुले यसपटक विवेक प्रयोग गरि मतदान गर्ने बताएका छन् । विवकेशील साझा पार्टिका उम्मेदवारहरु निश्कलंक, विज्ञ र व्यवसायिक पृष्ठभुमीबाट आएकाले अरु नेताजस्तो नगर्ने सम्भावना रहेको मतदाताको बुझाई छ । वडा नं. १ का मतदाताले नेपालगन्जलाई हराभरा बनाउने अभियानको थालनी गर्ने डा. बिनोद कर्ण नै चुनावी मैदानमा आएपछि आफुहरुलाई खुसी लागेको बताएका छन् । विवेकशील साझाका उम्मेदवारहरु घरदैलोको साथै आगामी १० गते नेपालगन्जमा हुने चुनावी आमसभाको तयारीमा पनि व्यस्त छन् । पार्टिका केन्द्रिय संयोजक रविन्द्र मिश्र सहभागि हुने उक्त आमसभालाई भव्य र सभ्य बनाउन भरमग्दुर प्रयास गरिरहेको पार्टिका बाँके जिल्ला संयोजक चिरिन्जीवी शर्माले जानकारी दिए । यो पटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीले देशैभरी युवा पुस्ताको मन जितीरहेको शर्माले बताए ।

तपाईको प्रतिक्रिया