अधिवक्ता सुजित के.सी उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको प्रस्ताव बमोजिम मन्त्री परिषदको बैठकले बुढी गण्डकी आयोजना राष्ट्रिय लगानीमा नै बन्ने गरी निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले एक कम्पनी खडा गरी आयोजना निर्माण गर्ने निर्णय गरेको हो । बुढी गण्डकी, ’इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन मोडलमा निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’ शुक्रबार उपप्रधान तथा ऊर्जामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै बुढीगण्डकी स्वदेशी लगानीमै बन्ने गरी भएको निर्णयको बारे बताएका छन् ।

बुढी गण्डकी आयोजना गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौतालाई खारेज गरेको थियो । तत्कालीन उर्जा मन्त्री जर्नादन शर्माले ठूलो आर्थिक हिनामिना गरी कालो सुचीमा रहेको गेजुवासँग सम्झौता गरेकोमा ठूलै विवाद भएको थियो । राप्रपा अध्यक्ष समेत रहेका उर्जा मन्त्री थापाले यसको सुरुबाट नै विरोध गर्दै आएका थिए । राष्ट्रिय महत्वको आयोजना राष्ट्रिय लगानीमा नै निर्माण हुनुपर्ने उनको धारण थियो । त्यहि धारणको आज निर्णय समेत भएको छ ।

गेजुवाले आयोजना निर्माण गर्नेमा शंका नै थियो । १२ सय मेगावटको राष्ट्रिय लगानीमा निर्माण गर्न गरिएको निर्णय अत्यन्त सकारात्मक छ । मन्त्री थापाले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा मात्र नभई स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने समेत बताएका छन् । बुढी गण्डकी राष्ट्रिय लगानी मै समय सिमा भित्र निर्माण भए देशले ठूलै आर्थिक फड्को मार्नेछ ।

तपाईको प्रतिक्रिया