एजेन्सी। शिक्ष्ण पेशा यतिसम्म संवेदनशिल होकी थोरै पनि बालबालिकालाई असर पर्ने काम गर्यो की जागर चट । यस्तै घटनाकी पछिल्लो साक्षी बनेकी छिन् रुसकी एक महिला शिक्षक । रुसकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षकले धेरै सुन्दर भएका कारण आफ्नो खाईपाई आएको जागीर गुमाइन् । एक प्राथमिक शिक्षिकालाई उनको सुन्दरताकै कारण जागिरबाट निकालिएको स्कुल व्यवस्थापनले जनाएको छ । स्रोतका अनुसार ती महिलाको सुन्दरताले बालबालिकाको मनमा गलत फिलिङ आइरहेका कारण उनले जागीर गुमाइन् । नर्सरी स्कुलमा पठाउने उनी अन्य युवतीहरुजस्तै सामाजिक संजालमा सक्रिय भएका कारण कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

स्कुलमा पढ्ने बालबालिकाका अभिभावकले उनका फोटोहरु देखेपछि गरिएको कमेन्टबाट बिद्यालयले दबाबमा आएर उनलाई निकालेको हो । स्कुल प्रसासनले उनलाई ती फोटोहरु डिलिट गर्न पठाएको थियो तर उनले ती फोटोहरु डिलिट गर्न अस्वीकार गरेपछि तत्कालै निकालिएको स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया