रुकुम, मंसिर ८ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् ।झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बूढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बिहीबार साँझ मुसिकोटमा भएको चुनावीसभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुढा गरेपछि दोहोरो झडप भएको हो ।

झडपमा घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लगिएको उनका श्रीमान् कुलबहादुरले जानकारी दिए ।झडपमा सहभागी चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया