बाँके – बाँके विवेकशील साझा पार्टी दश गते हुने भनिएको चुनावी आमसभाको तयारीमा जुटेको छ । नेपालगन्जको नर्सिङ्गहोम पछाडी आयोजना गरीने चुनावी आम सभालाई सम्बोधन गर्न केन्द्रय संयोजक रविन्द्र मिश्र लगाएत केन्द्रिय सदस्य आउने कार्यक्रम रहेको बाँके जिल्ला सम्योजक चिरिन्जीवी शर्माले जनाए । यो पटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीले देशैभरी आफ्नो सकारात्मक प्रभाव पारीरहेको शर्माले बताए । बाँकेमा विवेकशिल साझाका पक्षमा माहौल बनाउन संयोजक रविन्द्र मिश्रले दश गतेको सभालाई सम्बोधन गर्ने पार्टिले जनाएको छ । बाँकेमा विवेकशील साझा पार्टीबाट क्षेत्र नम्वर १ को प्रतिनिधिसभाका लागि कुशल अधिकारी, प्रदेशसभा १ क बाट दया थारु र १ ख बाट ज्योति परियारको मैदानमा छन् । त्यस्तै क्षेत्र नम्वर २ को प्रतिनिधिसभाका लागि नगेन्द्र कुवँर, प्रदेश सभा ख मा डाक्टर विनोद कर्ण मैदानमा हुनुहुन्छ भने क्षेत्र नम्वर तीनको प्रदेश सभाको लागि अमित लामा उम्मेदवार हुनुहुन्छ । बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर बिनोद कर्ण नेतृत्वको टोलीले चुनावी आम सभाको तयारी सगै घरदैलो अभियानलाई समेत निरन्तरता दिएका छन । विहिवार नेपालगन्ज उपमहानगरपालिका १३ भृकृटिनगरमा चुनावी घरदैलो गरेको छ । घरदैलो मार्फत भोट सगै आम सभाको लागी आम मतदातालाई निम्तो समेत गरीरहेको पार्टिले जनाएको छ । घरदैलोमा पुगेका भृकुटिनगरका स्थानियले पुराना दलले राम्रो काम गर्न नसकेकोले यो पटक चर्चामा रहेको नयाँ पार्टि विवेकशिल साझा पार्टिलाई नै आफ्नो अमुल्य मत दिने आस्वासन दिएका छन । घरदैलोमा पुगेका उमेदवारले पनि विवेकशील साझालाई अरु दलका उम्मेदवारको विल्पका रुपमा आफुहरुलाई छान्न आग्रह गरिरहेका छन् । आफु मर्नु अघि आफ्नो क्षेत्रलाई सम्बृद्धि बनाएरै छाड्ने दृण विश्वासका साथ अघि बढेको र यसमा मतदाताहरुले पनि साथ दिने वाचा गरेको विवेकशील साझाका उम्मेदवारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया