काठमाडौं । महिला विश्वकप क्रिकेट छनोटका लागी आज नेपालले मलेसियाको सामना गर्दैछ । महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको एशियाली छनोट अन्तर्गतको खेल केही बेरमै थाइल्याण्डको बैंककमा सुरु हुँदैछ । यसअघिका तीन खेलमध्ये २ खेलमा अंक बाँडेको र एक खेल हारेको नेपाल २ अंकसहित समूहको पाचौँ स्थानमा छ । थाइल्याण्ड र हङकङ ५–५ अंक सहित पहिलो र दोस्रो स्थानमा छन् । प्रतियोगिताका शीर्ष २ टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको छनोट खेल खेल्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया