काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार नेपाल बन्द आह्वान नगरेको जनाएपनि बन्दको प्रभाव काठमाडौँ उपत्यका लगायत देशभरका स्थानमा परेको छ । काठमाडौं उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले बताएको छ । उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगाले जनाएको छ । त्यहाँबाट बिहान एक दुई बजेतिर नै धेरै गाडी काठमाडौं छिरिसकेका र अहिले ५०–६० वटा गाडी नागढुंगामा रहेका ट्राफिक प्रहरीले जनाएका छन् । काठमाडौँ उपत्यका सहित देशभरका बिद्यालयहरु धेरैजसोले बन्द गर्ने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया