काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंसीर ८ गते अर्थात आज आब्हान गरिएको भनिएको नेपाल बन्द निराधार भएको पाइएको छ । विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले आज बन्दका कुनै कार्यक्रमको आयोजना नगरेको जनाएको छ । विप्लवद्धारा जारी विज्ञप्तिमा बन्दको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् । मंसीर महिनाको सुरुवातमा नै केहि अनलाइन सञ्चारमाध्यमले मंसीर ८ गते नेपाल बन्द भनेर समाचार लेखेका थिए । तर बन्द आह्वान गरिएको बारे आधिकारिता भने कतैबाट आएको छैन । पूर्व माओवादी जनमुक्ति सेना समूहले बन्दको आह्वान गरेको भन्दै कतिपय स्थानमा पोष्टर पनि टाँसिएको भए पनि विप्लव समुहले नै आधिकारिक रुपमा नै बन्दको आब्हान नगरेको भन्ने आधिकारिक तथ्य बाहिर आए पछि आजको बन्द निराधार भएको पुष्टी भएको छैन ।

तपाईको प्रतिक्रिया