बैतडी- नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले वामपन्थी सरकार बनेपछि देशमा आर्थिक समृद्धि हुने बताउनुभयो । वाम गठबन्धनले बैतडीको बुठचौडीमा आयोजना गरेको चुनावी सभामा उहाँले वामपन्थी सरकारले दश वर्षभित्र समृद्ध मुलुक निर्माण गर्ने बताउनुभयो । नेता थापाले भन्नुभयो, “देश समाजवादतर्फ उन्मुख हुनु आवश्यक छ, समाजवादमा हरेक नेपालीको हकअधिकार र स्वतन्त्रता हुनेछ ।” वाम गठबन्धन कसैका विरुद्ध नभएकाले कसैलाई त्रसित नहुन आग्रह गर्दै उहाँले वाम सरकार बन्ने बित्तिकै बेरोजगार नेपालीले रोजगारी पाउने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया