एजेन्सी । प्रेमीले सँधै प्रेमीकालाई एकनाशले माया गर्दैनन् । कहिलेकाँही आफ्नी प्रेमीकाको निडरताको परिक्षा लिन फरक रुप धारण समेत गर्छन् भन्ने कुराको पछिल्लो उदाहरण देखिएको छ लस भेगसमा ।

जहाँ आफ्नी सुतिरहेको प्रेमिकामाथि दुई अजिंगर बर्साएर उनले रोमाञ्चक दृश्यहरु क्यामेरामा कैद गरेका छन् । जसको भिडियो समेत सार्वजनिक गरिएको छ ।

भिडियोमा लस भेगसको बस्ने डेरेस डेसोले नियोजित रुपमा प्रेमिकाको खाटमा दुईवटा अजिंगर राखिदिएपछि सुतीरहेकी प्रेमीकाको सातो गएको देख्न सकिन्छ । सर्पलाई आफ्नै बेडमा देखेपछि निकै आत्तिएको दृश्य रोमाञ्चक, कारुणिक र भयले भरीएको समेत देखिन्छ ।

तपाईको प्रतिक्रिया