गर्भावस्थामा के खाने वा के नखाने भन्ने बिषय धेरैको चासोको बिषय हो । र यो बेला भनेको निकै संवेदनशिल बेला पनि हो । गर्भावस्थामा खानपिनमा निकै विचार पुर्‍याउनुपर्छ । यदी तपाइं गर्भवती हुनुहुन्छ भने कफी र चिया नपिएकै राम्रो । यदी मनै मान्दैन भने दिनमा दुई सय मिलिग्रामभन्दा बढी कफी नपिउहोस् । यस्तै, पाउडर र फिल्टर कफी पनि सकेसम्म नलिनुहोला । यसमा कफिनको मात्रा धेरै हुन्छ । दिनमा दुई सय मिलिग्रामभन्दा बढी कफी पिउनाले गर्भपातको खतरा बढ्छ । गर्भवतीले अत्यधिक कफी पिउँदा बच्चाको तौल पनि कम हुन सक्छ । जन्मिँदा कम तौल भएका बच्चा ठूलो भएपछि पनि विभिन्न रोगका सिकार हुन सक्छन् । कफीमा हुने कफिनले गर्भावस्थाको भ्रूणमा समेत प्रभाव पार्न सक्छ । कफिनको मात्रा साल हुँदै बच्चाको रगतसम्म पुग्न सक्छ । त्यसैले गर्भावस्थामा कफीबाट टाढा रहनु नै राम्रो मानिन्छ । गर्भावस्थामा कफीको सट्टा बरु चिया पिउनु राम्रो हुन्छ । – एजेन्सी

तपाईको प्रतिक्रिया