काठमाडौँ – धेरैले कपालमा मेहदी प्रयोग गर्छन् । मेहदी प्रयोग गर्नेहरू कपाल फुल्न थालेका पाका व्यक्ति नै बढी हुन्छन् । तर, अधिकांशको गुनासो हुन्छ, कपालमा मेहदी नै टिक्दैन । यस्तो किन हुन्छ ? हेयर डिजाइनर लम्बु ठाकुरले मेहदी प्रयोग गर्ने व्यक्तिबाटै हुने स–साना गल्ती औँल्याएका छन्ः लम्बु ठाकुर हेयर डिजाइनर लम्बु ठाकुर हेयर डिजाइनर मेहदी लगाउनुअघि कपाल राम्रोसँग धुनुभएन या फोहोर कपालमा मेहदी लगाउनुभयो भने राम्रोसँग बस्दैन । मेहदीको क्वालिटी जति नै राम्रो भए पनि मैलो कपालमा लगाएको छ भने टिक्दैन । नुहाएर चिसै कपालमा मेहदी लगाउँदा पनि टिकाउ हुँदैन । नुहाएको सफा कपाललाई पूर्ण रूपमा सुकाएपछि मात्रै मेहदी लगाउनुपर्छ । पानीको मात्रा बढी राखेर तयार पारिएको मेहदी पनि कपालमा टिक्दैन । मेहदीको प्याकेटमा उल्लेख गरिएअनुसार मात्रै तयार पार्नुहोला । थोरै पानीमा ब्रसले मजास“ग फिटेर लगाएको मेहदी राम्रोसँग बस्छ । कपाल र मेहदीको क्वालिटी मेल खाएन भने पनि मेहदी राम्रोसँग टिक्दैन । कपालको क्वालिटीअनुसार मेहदीको क्वालिटी छनोट गर्नुपर्छ । क्वालिटी फरक पर्दा आउने रियाक्सनले मेहदी नटिक्ने मात्रै होइन, कपालमै खराबी निम्त्याउन सक्छ । मेहदी लगाएपछि पखाल्ने समय मिलेन भने पनि कपालमा टिक्दैन । मेहदीको प्याकेटमा दिइएको टिप्सलाई नै आधार मानेर यो काम गर्नुपर्छ । किनभने, मेहदीअनुसार कपालमा राख्ने समय फरक–फरक हुन्छ । कपालमा प्रयोग गर्ने स्याम्पु, कन्डिसनर कपालको क्वालिटीसँग मिल्दो नहुँदा पनि मेहदी टिक्न पाउँदैन । मेहदी र कपालको गुणअनुसार मिल्ने हेयर प्रोडक्ट प्रयोग गर्नुपर्छ ।नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया