सुडान : उत्तर दक्षिण सुडानी लीर भन्ने ठाँउमा भएको भीडन्तमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । सरकारी सेना र विद्रोही लडाकूबीचमा भएको पछिल्लो ताजा भीडन्तमा ती आम नागरिकहरु मारिएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । दक्षिणी सुडानको लिएच राज्यका सूचना मन्त्री पिटर मकौथ मलौलले सरकारी सेना र सुडान पिपल्स् लिबरेसन मोभमेन्ट इन अपोजिसन (एसपीएलएआईओ) बीचको भीडन्त यसै हप्ताको सुरुमा सुरु भई बिहीबार सम्म चलेको थियो । सरकारी सेनासँग भीडन्त गर्ने यो विद्रोही संगठन पुर्व उपराष्ट्रपति रिएक मचारप्रति तुलनात्मक रुपमा नरम मानिन्छ ।

मलौलले कम्तीमा २० जना विद्रोही लडाकू र अरु पाँच जना सरकारी सेनाका सिपाहीहरु भीडन्तका क्रममा मारिएको जानकारी दिनुभयो । मन्त्री मलौलले हिंसात्मक भीडन्तको सुरुवात विद्रोहीहरुले नै गरेको आरोप लगाउदै सरकारी पक्षले जवाफी रक्षात्मक कारबाही मात्रै गरेको दावी गर्नुभयो ।“गत नोभेम्बर १९ देखि विद्रोही लडाकूहरुले लिएक राज्यको लीरमा हामी माथी आक्रमण गरे, सरकारी सुरक्षाकर्मीहरुले आफ्नो रक्षाका लागि जवाफी आक्रमण गरे, त्यसपछि धेरै विद्रोही पक्षमा र थोरै सरकारी पक्षमा क्षति भयो,” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया