काठमाडौं । कम उमेरका बालिकामाथि यौन उत्पिडन गरेको आरोपमा अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक पक्राउ परेका छन् । वासिंटन राज्यको बियाभरटन स्थित ८९०७ वेस्ट क्यानन रोडमा तेक्वान्दो स्कूल सञ्चालन गर्दै आएका शुद्धोधन रञ्जित बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका हुन् ।

५१ वर्षे रञ्जितले सन् २०१२ देखि २०१५ भित्र १४ वर्षभन्दा कम उमेरका तीन बालिकालाई यौन दुराचार गरेको आरोप लगोको छ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी रञ्जितले अमेरिकमन संचार संस्था सिएनएन र बिबिसीका अनुसार रञ्जितसँग वासिङ्टन काउण्टिस्थित अदालतले उनीसँग ७ लाख ५० हजार अमेरिकी डलर धरौटी मागेको छ ।

तपाईको प्रतिक्रिया