विश्वदीप पाण्डे डा. बाबुराम भट्टराईका स्वकीय सचिव भुल्नै नसक्ने ती यादहरू प्रकाश दाहालसँग मेरो भेट ०६० मा दिल्लीमा भएको हो । उनी अध्यक्ष प्रचण्डको हेडक्वार्टरमा बस्थे भने म डा. बाबुराम भट्टराईसँग । साथीभाइ भेट्दा घुलमिल हुने र रमाइलो गर्ने प्रकाशको बानी थियो । निकै फरासिला मान्छे ।

भूमिगतकालमै भारतको नोयडामा बस्दा हाम्रो बसाइ पनि नजिक–नजिक थियो । त्यो वेला हामी दुईजना वेलावेला फिल्म हेर्न जान्थ्यौँ । कहिलेकाहीँ नेपालीको ठेलामा मःम खान पुग्थ्यौँ । असुरक्षाका कारण हामी लुकेर मःम खान्थ्यौँ । ती यादहरू अहिले पनि झल्झली आउँछ ।

त्यस्ता थिएनन् प्रकाश सानैमा जनयुद्धमा हिँडेकाले प्रकाशले औपचारिक शिक्षा लिन पाएनन् । परिवार नै भूमिगत भएको थियो । बस्ने ठाउँ फेरिरहनुपर्ने भएकाले उनको पढाइमा ठेस लाग्यो । औपचारिक अध्ययनमा कमी भए पनि विचारमा उनी उच्च थिए । मैले जति संगत गरेँ, उनमा कुनै खराबी पाइनँ ।

शान्ति प्रक्रियामा आएपछि केही विवादमा मुछिए । तर, उनी खराब मान्छे होइनन् । बरु, सफा मन र सोझो व्यहोराका थिए । इमानदार प्रकाशको सोझोपनको फाइदा केहीले उठाएकाले बिगार्ने कोसिस भने गरेकै हुन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रकाशले निकै मिहिनेतका साथ काम गरे । उनकै मिहिनेतका कारण प्रचण्ड नेतृत्वको सरकार सफल पनि भयो । मेरा बुबा भक्तिप्रसाद पाण्डेको निधन हुनुअघि प्रकाशले निकै सहयोग गरे । त्यो गुन म जीवनभर कहिल्यै बिर्सिन सक्दिनँ ।

प्राविधिक पाटोमा अब्बल सानैमा माओवादी जनयुद्धमा हिँडेकाले प्रकाशले औपचारिक रूपमा धेरै पढ्न पाएनन् । परिवारका सबै सदस्य भूमिगत भएपछि चितवनको घरमा बस्ने अवस्था सुरक्षाको दृष्टिकोणले निकै पेचिलो थियो । ठाउँहरू फरिरहनुपर्ने भएकाले उनको पढाइमा ठेस लाग्यो ।

तर, प्राविधिक विषय, जनसम्पर्क निर्माणलगायत पाटोमा उनी निकै अब्बल थिए । उनको निधनले माओवादी अध्यक्ष प्रचण्डलाई सबैभन्दा बढी क्षति पुग्नेछ । माओवादी पार्टीलाई पनि अपूरणीय क्षति पुर्‍याउनेछ । उनमा प्राविधिक विषयमा रुचि र दक्षता दुवै थियो । पछिल्लो समय प्रचण्डका विभिन्न कार्यक्रमको फेसबुक लाइभ गरेर होस् या सचिवालयमा रहेर गरेका काम प्रशंसनीय र अनुकरणीय छन् ।

प्रचण्ड–बाबुराम मिलाउने प्रयास पछिल्लो समय प्रचण्ड र बाबुरामबीच निकै अन्तरविरोध चुलियो । बाबुरामले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति गठन गरेपछि उहाँहरूबीचको दूरी निकै टाढा भयो । हामीबीच पनि सम्बन्धमा दरार पैदा होलाजस्तो भयो । प्रचण्ड र बाबुराम फरक–फरक रहेर हुँदैन भन्ने निष्कर्षमा पछिल्लो समय हामी दुवै पुगेका थियौँ । सामाजिक सञ्जालकै माध्यमबाट हामीले मिलाउने प्रयत्न गरिरहेका थियौँ । उहाँहरूलाई मिलाउने कामको पुल बनिरहेका थियौँ । अफसोच ! दुईजनाले गरिरहेको यो काम अधुरै रहन गयो । प्रकाशको असामयिक निधनले प्रचण्ड र बाबुराम मिलाउने काममा अपूरणीय क्षति पुगेको छ । नयाँ पत्रिकाले छापेको छ ।

०६० मा पहिलोपटक आपसमा भेट भएका हाम्रो सम्बन्ध अन्त्यसम्म नै राम्रो रह्यो । विभिन्न मोडमा जनयुद्धदेखि नै प्रचण्ड र बाबुरामबीच वैचारिक विवाद हुँदै आयो । अहिले त फरक पार्टीमै हुनुहुन्छ । तर, नेताको द्वन्द्वले हाम्रो व्यक्तिगत सम्बन्धमा कहिल्यै दरार निम्त्याएन। हतियार चलाउन उत्तिकै निपुण जनयुद्धको समयमा ठूला नेताको सुरक्षार्थ पनि हतियार चलाउनुपर्ने भयो । तर, सुरुमा मलाई हतियारसम्बन्धी ज्ञान नै थिएन । मलाई हतियार खेलाउन सिकाउने गुरु प्रकाश नै थिए । उनी सबै प्रकारका हतियार चलाउन जान्दथे । प्रकाश प्राविधिक विषयमा निकै जान्ने भएकाले पनि नयाँ–नयाँ प्रकारका हतियार पाउनेबित्तिकै मलाई पनि चलाउन सिकाउँथे । म पनि निकै चाख मानेर सिक्थेँ । युद्धकालीन समयमा माओवादीका नेताहरूले स्याटेलाइट फोन चलाउँथे । मलाई त्यो फोन चलाउन आउँदैन थियो । हामी निकै मिल्ने साथी थियौँ । त्यसैले पनि उनले मलाई स्याटेलाइट फोन चलाउन सिकाएका थिए ।

तपाईको प्रतिक्रिया