काठमाडौँ । मोडल सनम कठायतको चोखो माया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सिडी विजय अधिकारीको स्वर र संगीत तथा होम बहादुर घलेको शब्दमा तयार भएको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

भिडियोमा सनमसंगै मोडेल उर्मिला राइमाझी र आशीकको बेजोड अभिनय हेर्न सकिन्छ । उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा निर्माण भएको उक्त भिडियोले प्रेम प्राप्ति संगै त्यागपनि हो भन्ने विषयलाइ चित्रण गरेको छ । प्रेम प्राप्ती मात्रै होइन त्याग पनि हो भन्ने कुराको ज्वलन्त उदाहरण हो सनम र उर्मिलाको यो भिडियो

तपाईको प्रतिक्रिया