नवलपरासी । वाम गठबन्धनको प्रचारमा कलाकार लिएर हिँडेको जिप नवलपरासीको बौदीकाली गाउँपालिका ६ नगरडाँडामा पल्टिएको छ । साउण्ड सिस्टम र कलाकार लिएर कार्यक्रमस्थल नगरडाँडातर्फ जाँदै गर्दा उकालोमा जिपको पिकअप भाचिएर बे्रकफेल हुँदा दुर्घटनामा भएको प्रहरीले जनाएको । दुर्घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेको छ भने दुर्घटनामा परेर तीनजना कलाकार घाइते भएका छन् ।

जनमुक्ति पार्टीको प्रचारमा प्रयोग गरीएको गाडीमा भने मानिस नरहेकाले अन्य कुनै मानवीय क्षति नभएको स्थानीय बासिन्दा श्रेष्ठले जानकारी दिनुभयो । जनमुक्ति पार्टीको प्रचारका लागि प्रयोग गरीएको गाडीले पल्टिएको जिपलाई ओटको काम गरेकाले थप क्षतिहुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया