काठमाडौँ । पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक आर्यन अधिकारीसँग अन्स्क्रिन रोमान्स गर्ने पक्का भएको छ । नायिका सृष्टिले अभिनेता आर्यन अधिकारीसँग बाँध मायाले’ मा रोमान्स गर्ने पक्का भएको हो । सविर श्रेष्ठको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रको नाम यस अघि सँग सँगै’ राखिएको थियो । तर विभिन्न कारणले गर्दा चलचित्रको नाम परिवर्तन गरेर अहिले बाँध मायाले राखिएको छ । छायाँकनको तयारी गर्दै गरेको बाँध मायाले’को कथा प्रेमकथा हो । काईट्स ईन्टरटेन्मेन्ट प्रा।लिको प्रस्तुती रहने बाँध मायाले’ का निर्माता रामहरी धिताल र भिसीका श्रेष्ठ निर्माता हुन् ।

तपाईको प्रतिक्रिया