diya-chand
दिया चन्द


ताजा खबर नेपालगंज ।

देखेर मेरो मुटु हच्कियो । त्यो पत्र समातेका हातहरु कापे, उनी रुदै गरेको आफ्नो नानीलाई फकाउने कोसिस गर्दै थिइन् । त्यो टाइटल देखेर मेरो गला अबरुद्ध भयो ।

त्यसपछि झन निर्मलासङ्ग प्रत्यक्ष सम्बाद गर्ने तिब्र चाहना भयो । उनिलाई कसरी मनाउ ? कुनै आईडिया फुराउनु पर्यो । जसद्वारा उनलाई थप पीडा पनि नपुगोस र मेरो चाहाना पनि पूरा होस ।

त्यो चिठी जस्ताको तस्तै सिरानिमुनी राखेर उनिसङ्ग बोल्ने बहाना खोज्दै थिए म, अनि नानीको नाम चाहिँ के नी ? नानीको पिठ्युँमा थपथपाउदै निर्मला बोलिन, प्रणय !

प्रणय अर्थात् प्रेम ! सार्है मीठो नाम रैछ, कस्ले जुरायो कुन्नी ? मैले बोल्ने निहुँ पाए । बाहुनले न्वारानमा राखिदिएको नाम पुजा थियो, हामीलाई त्यो नाम मन परेन र प बाटै प्रणय राख्यौं ।

उनले प्रष्ट पारिन् । भित्ताको घडीले रातिको १० बजेको संकेत गर्‍यो । उनी कुरा गर्ने मुडमा थिइनन् । सायद निन्द्रा लागिसकेको हुनुपर्छ ।

त्यसैले मैले नै सोधे, निन्द्रा लागेजस्तो छ सुत्ने हो ? तिनदिन देखि सुत्न पाएको छैन । कोल्टे फेर्दै मैले आशा गरेकोभन्दा फरक जवाफ दिइन् उनले, सुत्छु भन्न पनि सकिनन् क्यारे ।

हुन्छ सुत्नुस तपाईं मेरो अलिकति काम बाकी छ । मैले उनको निन्याउरो मुहार देखेर इच्या भएपनि अरु कुरा गर्न चहिन । लाईटले डिस्टर्ब गर्छ कि ? सोध्नु मेरो कर्तव्य थियो।

हैन गर्दैन, उनले छोटो उत्तर दिइन् । हुन्छ त गुड नाइट मैले नै कुरो टुङ्याए । त्यो गुड नाइट शब्दले पातलो सिरुपाते ओठहरुमा हलुका मुस्कानको रेखी दौडियो उनको । मन लागेर हो या नलागेरै उनी हासेको त्यो भने मैले छुट्याउन सकिन ।

एक बोतल पानी उनको सिरानीनिरको टेबुलमा राखिदिए मैले । राती तिर्खा लाग्दा बिरानो घरमा कुनै अप्ठ्यारो नहोस् भनेर । बल्ल अब त्यो सुसाइड नोटमा उनले लेखेको उनको कुरा पढ्ने हिम्मत जुट्यो ।

यो नोटमा मैले मेरो जिन्दगीको वास्तविक भोगाइ उतारेको छु । उनले दोस्रो लाइनबाट लेखेकी थिइन् । तिम्रो र घर परिवारको तिरस्कारसङ्गै आज म साहारा बिहिन बन्न पुगे । तिमिलाई त सबै कुरा थाहा छ ।

म तिम्रो हु अनि यो मुटुमा तिमी बाहेक अरु कसैलाई प्रवेश गराउन सक्दिन । यो मेरो तन कुनै रङ्गमञ्च पनि होइन, जो कोहि मन लाग्दा आएर नाच्ने र आवश्यकत्ता पूरा भए छोडेर जाने । तर तिमी नै किन यति कठोर बन्यौ ? पलभरमा म र हाम्रो मायाको चिनोलाई आफुबाट यसरी अलग गरिदियौ कि मानौँ हामीबीच कुनै सम्बन्ध नै छैन अब ।

अरुले जेसुकै भनोस मलाई कुनै पीडा या अपमान बोध हुदैन तर जब तिमी स्वयंले हाम्रो सन्तानलाई अबैधको संज्ञा दियौ मैले आफुलाई सम्हाल्न सकिन र यो पत्र कोर्दै छु । म तिम्रो नासो लिएर यो संसारबाट बिदा हुँदैछु तर केवल तिम्रो खुसीको लागि ।

यदि सत्यता र पवित्रता नाप्ने कुनै यन्त्र हुन्थ्यो भने म नापेर स्पष्ट पारेर देखाइ दिन्थे तिमिलाई । ‘पौराणिक कथामा’ सिताले रामका लागी दिएको अग्नि परिक्षाजस्तै मैले पनि आगोको कुनै ज्वालामा हाम फालेरै देखाएछु भने पनि सायद तिम्रो मनले पत्याउने छैन र मैले अर्को आरोप बेहोर्नु पर्नेछ कि मैले आगोलाई समेत ढाटेर आएको ठहरिनेछ।

महाकालीको बेगजस्तो तिम्रो मन कहाँ कहिले गएर ठोकिन्छ र मुटुमा ठेस लाग्छ मलाई कुनै अन्दाज छैन । तर तिम्रो घृणाको पात्र बनेर पटक-पटक मर्नुभन्दा एकपटक मात्रै मर्नु उचित लाग्यो ।

तिम्रो छल र मेरो भोगाइले सिकाएको एउटा कुरा के पनि हो भने दुखेका मन लिएर हिडनेहरु भन्दा धन लिएर हिडनेहरुका नै यहाँ धेरै आफ्ना अनि नजिक हुदा रहेछन मान्छेहरु !

यहाँ आफ्नाहरु भन्दा आफ्ना बनाएर स्वार्थ पूरा गर्नेहरु धेरै भएर होला नाता अनि सम्बन्धहरु पनि विश्वास गर्न योग्य रहेनन् ।

बिहानिको उज्यालो किरण जस्तै तिम्रो प्रेमको बिहानी त सुरु भयो तर त्यो प्रेमले आज यति चम्किलो बन्न पुग्यो की मेरो जिन्दगी सधैंका लागि डढेर खरानी खरानी भयो ।

तिमिले दिएको यो निशानी, आखाको नानी (प्रणय) र पानी (आशु)लाई पनि सङ्गै लिएर जादैछु । किनकि प्रेम गर्न भौतिक रुपमा हाजिरहुनु पर्छ भन्ने केही छैन ।

तिमि टाढा भए पनि तिमीलाई म हजारौ कोश परबाट त्यति नै माया गरुला जति हिजोका दिनमा नजिक हुदा गरेको थिए । भाग्य सुर्य जस्तो उदाउने हुदो हो त, आज मेरो प्रेमले पनि अम्मरत्व प्राप्त गर्थ्यो होला ।

सम्वन्धकाे अन्त्यष्ठी तिमीले गर्याै तर यादहरू अझैं पनि जिवित छन् , त्यै पनि चिन्ता नगर अ्म्मर, म भित्रकाे तिमी र तिम्रा यादहरूकाे अन्त्यष्ठी म छिट्टै गर्नेछु। बस फरक यति मात्र हुनेछ, ‘तिमीले पैसामा गर्याै मैले चितामा गर्नेछु।

थाहा छ मलाई, मेरो अन्त्य निश्चित भैसकेको छ त्यसैले तिम्रा हरेक दिन सुखद रहुन शुभकामना ! यो टुक्रिएको मुटु, च्यात्तिएको चरित्र र रित्तिएको मस्तिष्क लिएर म सदा सदाका लागि ओझेल पर्दै छु ।

अन्तिममा, तिमिलाई भुल्न त्यति सजिलो त कहाँ छ र ? जति सजिलो सङ्ग माया बसेको थियो । त्यसैले अब म तिम्रा सबै-सबै यादहरुलाई मसानघाटको खरानी बनाउदैछु, जसले मेरो पबित्रता सबित गर्नेछ अलविदा !

आधी रातसम्म उनको सुसाइड नोट पढेर बसिरहे म । त्यसबिचमा कयौं पटक उनिलाई नियाले पनि । उनका प्रत्येक शब्दले भारी बनाएको यो मन थाकेर होला उनकै बारे सोच्दा सोच्दै कतिबेला भुसुक्क निदाए पत्तै भएन ।

छागाबाट खसेजस्तै त म तब भए जब छेउकै ओछ्यानमा सुतेकी उनी बिहान म उठ्दा थिइनन् । उनको बारे आमालाई सोधे आमाले उल्टै हिजो म कतै पनि ननिस्केको र हाम्रो घरमा कोहि पनि नआएको भन्ने कुरा गर्नुभयो । सन्चो नभएकोले म खाना समेत नखाइ छिट्टै निदाएको समेत उहाँले जानकारी गराउनुभयो ।

सबै कुरा गम्भीरतापुर्वक फेरि सम्झिदा थाहा भयो, बास्तममा मैले त्यो रात देखेको सपना रहेछ । जुन निन्द्रा लागेपछि देखिन्छ ।

भाग १ पढ्न छुटेकोले पढ्नुहोस  

तपाईको प्रतिक्रिया