भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक मात्र छोरा प्रकाश दाहाललाई गुमाएको तीन दिनपछि घर छाडेका छन् । काठमाडौँको लाजिम्पाटमा रहेको घरको जिम्मा जेठी बुहारी सिर्जना त्रिपाठीलाई घरकोसाँचो सुम्पिएर भरतपुरको कार्यक्रमका लागी हानिएका हुन् । प्रचण्ड श्रीमती सीता दाहाल, कान्छी बुहारी बिना मगरसहित चितवन पुगेका हुन् । प्रचण्डसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि भरतपुर गएका छन् । प्रचण्डले जेठी बुहारी सिर्जना त्रिपाठीलाई लाजिम्पाटस्थित घरको जिम्मा लगाएका छन् । सिर्जनासँगै अब उनका छोरा प्रसिद्ध पनि लाजिम्पाटमै बस्ने स्रोतको भनाई छ । प्रकाशकले बिना मगरसाग बिहे गरेपछि र्सिजना छुट्टै बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया