काठमाडौँ – चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ ।ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेन्डस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै उपाधि माथि कब्जा जमाएको हो ।उपाधिसहित हिमालयन शेर्पाले रु पाँच लाख तथा उपविजेता सीमित बनेको फ्रेन्डस् क्लबले रु दुई लाख ५० हजार प्राप्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।गत कात्तिक २८ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका आठ टोली सहभागी थिए ।

तपाईको प्रतिक्रिया