काठमाडौँ । मोडल तथा नायक आयुष्मान देशराज आफ्नी प्रेमीका तथा चर्चित नायिका प्रियंका कार्कीलाई भेट्न भारतबाट सिधै नेपालगञ्ज हानिएका छन् । पछिल्लो समय प्रेम र रोमान्सका कारण चर्चामा रहेको यो जोडीको प्रेम सम्बन्ध झाँगिन्दै गएको छ । केही समयदेखि आयुष्मान आफ्नो मोडलिङ करियर बनाउन मुम्बई छन् भने प्रियंका चलचित्र कोहलपुर एक्सप्रेस’को सुटिङको लागी नेपालगन्गमा छिन् । केभारतबाट काठमाडौँ आएको भोलीपल्ट नै आयुष्मान प्रियंकालाई भेट्न सुटिङ सेटमा नै पुगे ।

इन्टाग्राममा प्रियंका र आयुष्मान दुवैले सँगै बसेको केही तस्बिरहरू सेयर गरेपछि तस्विरले राम्रो प्रतिक्रिया बटुलीरहका छन् । स्रोतका अनुसार प्रियंका चलचित्र लिलिबिली’को सुटिङको लागी बेलायत जाने भएका कारण आयुष्मान आकस्मिक उनलाई भेट्न आएका हुन् ।

तपाईको प्रतिक्रिया