काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली कलाकारहरुको पारिश्रमिक एकपछि अर्को गर्दै बढीरहेका बेला नायक अनमोल केसीलाई ५० लाख पारिश्रमिक दिएर चलचित्र खेल्न अफर गरिएको खबर संचार मध्यममा आए लगत्तै नायिका झरना थापाले आफ्नो कुरा स्पष्ट रुपमा राखेकी छिन् । नायिका एवं निर्देशक झरना थापाले एउटा कलाकारलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएर चलचित्र बनाउन नसकिने स्पष्ट पारेकी छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचार आएपछि झरनाले उक्त खबरको खण्डन गर्दै आफूले कसैलाई ५० लाख रुपैयाँको अफर नगरेको स्पष्ट पारेकी छन् । ए मेरो हजुर २’ सुपरहिट चलचित्रको लिस्टमा पुग्न सफल भएपछि थप उत्साहित भएकी नायिका झरनाले भनिन् जम्मा ५ प्रतिशत सिनेमाले मात्र मुनाफा कमाउँछन् त्यसको जोखिम मोलेर कलाकारले मगेजति पारिश्रमिक दिएर फिल्म बनाउन सकिँदैन । चलचित्र कृमा २० लाख रुपैयाँ लिएका अनमोल, प्रेमगीतमा २० लाख नै लिएका प्रदिप खड्का, साम्रागी शाह लगायतका कलाकरहरुले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएका छन् ।

तपाईको प्रतिक्रिया