काठमाडाैं – नेपालको पपगीत क्षेत्रमा लामो समय राज गरेका गायक हुन्, नवीन के भट्टराई । उनको गायकीलाई मन नपराउनेहरू सायदै छन् । उनले १४औँ एल्बमका रूपमा ‘फिका फिका’ सार्वजनिक गरेका छन् । ए झरी, डर लाग्छ, खाँदै नखाएको, छैन जुन किन जुन जस्तो, तिमीले हेर्दा कसैलाईलगायत उनका दर्जनौँ गीत हिट छन् । ज्याकेट च्यातिदिने ती युवती म बागबजारमा आउ–जाउ गरिराख्ने । प्रायः टोपी र माक्स लगाएर हिँड्ने भएकाले त्यति धेरैले चिन्दैनथे । तर, एकदिन अचम्मकै घटना घट्यो । बागबजारमा बाघजसरी एकजना युवती आएर झम्टिनुभयो । मेरो ज्याकेट च्यातचुत पारिदिनुभयो । मलाई अचम्म लाग्यो, किन उहाँ यसरी झम्टिनुभएको छ । एकछिन पछि थाहा पाएँ, उहाँ त मेरो फ्यान हुनुहुँदो रहेछ । त्यो रिस र आवेगले भन्दा पनि मायाले मेरो ज्याकेट च्यात्नुभएको रहेछ । मैले च्यातिएको ज्याकेट उहाँलाई नै दिएँ । खै उहाँले त्यही चाहनुभएको रहेछ कि, हातमा लिँदै सन्तुष्टि र खुसीको मुस्कान छर्नुभयो ।

कार्यक्रममै ग्वाँ ग्वाँ.. मलाई यो मानेमा अचम्म लाग्छ कि, मेरा फ्यानहरू फेरिनुभएको छैन । अहिले पनि उस्तै हुनुहुन्छ, उस्तै खालको व्यवहार गर्नुहुन्छ । फ्यानहरूको व्यवहार देखेर धेरैपटक सक हुन्छु र जिम्मेवार महसुस गर्छु । कार्यक्रममा गीत गाइरहेको हुन्छु । फ्यानहरू तल बसेर ग्वाँ ग्वाँ रोइरहनुहुन्छ । त्यो घटना म युवा हुँदाको मात्र होइन, अहिले पनि उस्तै छ । उहाँहरू किन यसरी रुनुहुन्छ, त्यसको कारण थाहा पाउन खोज्छु । तर, सबैसँग गफ गर्ने र जान्ने समय नै हामीसँग कहा हुन्छ र ? कहिलेकाहीँ त यस्तो हुन्छ कि कार्यक्रम सकिएको धेरै लामो समयपछि पनि उहाँहरूको आँखा थाकिसकेको हुँदैन । रोइ नै रहनुभएको हुन्छ । मलाई भेटेर रुनेहरूको संख्या पनि उत्ति नै छ ।

म जहिले पनि लाइभ कार्यक्रममा मात्र भाग लिने गर्दछु । कुनै ठाउँमा कार्यक्रम भयो भने आफ्नै ब्यान्ड लिएर जान्छु । खासमा मलाई मेला महोत्सवमा जान मन लाग्दैन । त्यो किनभने महोत्सवमा ट्र्याकमा गीत गाउनुपर्दछ, मलाई ट्र्याकमा गीत गाउन मन पर्दैन । त्यसैले, मैले फ्यानहरू पनि लाइभ कार्यक्रममै बढी भेट्छु । क्यान्सरले ग्रसित युवतीको त्यो चाहना फ्यानहरू धेरै प्रकृतिको हुनुहुन्छ । कसैले फोन गरेरै गीत गाइदिनुस् न भन्नुहुन्छ । कहिलेकाहीँ त स्विचअफ गर्न नै बाध्य हुन्छु । उसो त मेरो मोबाइल प्रायः स्विचअफ नै हुन्छ । युवा अवस्थामा युवतीहरू नै बढी फ्यान हुनुहुन्थ्यो । मप्रति उहाँहरूको चाहना अचम्म–अचम्मलाग्दाका हुन्थे । हामी आर्टिस्टहरूले त्यस्ता कुरालाई बढी गम्भीर ढंगले लिनु पनि आवश्यक छैन । मसँग बोल्न मात्र चाहनेको संख्या पनि हजारौँ छ । हेर्न मात्र खोज्नेहरूको संख्यामा पनि उत्तिकै । एकपटक मलाई हस्पिटलबाट फोन अयो । एकजना आमाले फोन गर्नुभएको थियो । मैले फोन रिसिभ गर्दा सुँक्कसँुक्क गर्दै हुनुहुन्थ्यो, उहाँ । भन्नुभयो, ‘एकपटक मेरो छोरीसँग बोलिदिनुप¥यो ।’ क्यान्सरपीडित उहाँकी छोरी अस्पतालको शøयामा मृत्युसँग लड्दै हुनुहुँदोरहेछ । अन्तिमपटक मसँग कुरा गराइदिन आफ्नी आमासँग आग्रह गर्नुभएछ । युवतीले मसँग कुरा गराइदिन बारम्बार जिद्दी गर्दा पनि आमाले झट्ट फोन गर्न सक्नुभएनछ, या भनौँ आँट आएनछ । मैले ती युवतीसँग सहज ढंगले कुरा गरेँ । उहाँको खुसीलाई फोनबाटै अनुभूति गर्न सकिन्थ्यो । हामी श्रष्टा भएर त्यति धेरै गर्न सक्ने त केही होइन । बोलेर मात्र पनि कसैलाई राम्रो हुन्छ भने किन पछि हट्ने ।

सुटकेसभरि रगतका पत्र मैले गीत गाउन थालेको २५ वर्षभन्दा बढी भइसक्यो । अहिले मेरो परिवार छ, सन्तान छन् । त्यस्तो आजभोलि प्रेम प्रस्ताव पनि आउँदैनन् । तर, एक समय मेरा लागि यति धेरै पत्र आउँथे कि, ती पत्रहरू पढेर त के, गनेर पनि सकिन्थेन । त्यही पत्रको भिडमा यस्ता पत्र पनि हुन्थे, जुन रगतले लेखिएका हुन्थे । कतिपय गिफ्टमा पनि रगत लतपतिका हुन्थे । त्यस्ता पत्र अहिले पनि मेरो कोठमा छन् । ती पत्रले सुटकेस नै भरिएका छन् । मलाई फ्यानका पत्र र गिफ्टहरू राख्ने ठाउँ म्यानेज गर्न पनि गाह्रो हुन्थ्यो, हुन्छ । मसँग बिहे गर्न र सेक्स गर्न चाहनेहरूको संख्या पनि कमी थिएन । मैले यस्ता फ्यानहरूलाई स्प्रिचुअलको रूपमा हेर्छु । अहिले पनि मलाई भेट्न चाहनेको संख्या निकै ठूलो छ । कहीँ होटेलमा पुगेँ भने, एउटा फोटो खिच्नका लागि दुई÷तीन घन्टा पर्खिएर बस्नुहुन्छ । प्रायः कार्यक्रममा जाँदा यस्तो हुन्छ । नयाँ पत्रिकाले छापेको छ ।

म जहिले पनि लाइभ कार्यक्रममा मात्र भाग लिने गर्दछु । कुनै ठाउँमा कार्यक्रम भयो भने आफ्नै ब्यान्ड लिएर जान्छु । खासमा मलाई मेला महोत्सवमा जान मन लाग्दैन । त्यो किनभने महोत्सवमा ट्र्याकमा गीत गाउनुपर्दछ, मलाई ट्र्याकमा गीत गाउन मन पर्दैन । त्यसैले, मैले फ्यानहरू पनि लाइभ कार्यक्रममै बढी भेट्छु ।२० वर्षदेखि कपडा नै किनेको छैन । इभन घडीसम्म । विदेशबाट यति धेरै गिफ्ट आउँछ कि, सायद यो जुनीमा प्रयोग गर्न सक्दिनँ कि जस्तो लाग्छ । फ्यानको गिफ्टका कारण २० वर्ष भयो सपिङ नगरेको फ्यानका गिफ्टको कुरा गर्दा मैले सबै प्रकारका गिफ्ट पाएको हुन्छु । ती गिफ्टको वर्णन गरेर साध्य छैन । गितारदेखि ग्याजेट्ससम्म गिफ्ट दिनुभएको छ फ्यानहरूले । रमाइलो कुरा त के भने, मैले २० वर्षदेखि कपडा नै किनेको छैन । इभन घडीसम्म । विदेशबाट यति धेरै गिफ्ट आउँछ कि, सायद यो जुनीमा प्रयोग गर्न सक्दिनँ कि जस्तो लाग्छ । मैले के गरँे त ? लाग्छ मेरो जीवन र कामहरू नै फ्यानहरूको लागि गिफ्ट हो ।

तपाईको प्रतिक्रिया