ताजा खबर:- बदलिँदो मौसमको साथ-साथै रुघाखोकी हुनु एक सामान्य समस्या मानिन्छ । चिसो, प्रदुषण वा कुनै पनि मेडिकेशनको साइड इफेक्टको कारण खोकी लाग्न सक्छ । यस्तो अवस्थामा घाँटी सुख्खा हुँदा कुनै पनि चीज निल्न कठिन हुन्छ । खोकी लाग्ने क्रममा सूप, अदुवा, मह, भिटामिन सी र मसालेदार आहारको सेवन फाइदाजनक हुन्छ । केही यस्ता आहार पनि छन्, जसलाई खोकी लाग्ने क्रममा सेवन गर्दा नोक्सान पुर्याउँछ । आज हामी यस्ता आहारको बारेमा चर्चा गर्दैछौँ, जसलाई खोकी लाग्ने सताएको बेला सेवन गर्नुहुँदैन नत्र स्वास्थ्य अवस्था थप खराब हुने सम्भावना रहन्छ ।

दूध- दूधले र्याल वा खकार बढ्ने सम्भावना हुन्छ । खोकी लाग्दा दूध र दूधबाट बनेका चिजले श्वसन क्षेत्र, फोक्सो र घाँटीमा र्याल जम्मा हुन्छ । यसकारण जब तपाईलाई खोकीको समस्याले सताउँछ तब दूधको सेवन गर्नबाट बँच्नुहोस् ।

डिहाइड्रेशन- खोकी लाग्ने समस्या हुँदा घाँटी सुख्खा हुन्छ, जसका कारण कुनै पनि चीज निल्न कठिन हुन्छ । यस्तो अवस्थामा बढी भन्दा बढी मात्रामा तरल पदार्थ सेवन गर्ने सल्लाह दिने गरिन्छ । तर चिया, कफी र एनर्जी ड्रिंकको सेवनबाट टाढा रहनुपर्दछ ।

प्रोसेस्ड फूड- खोकी लाग्दा प्रोसेस्ड फूडको सेवनबाट बँच्न आवश्यक हुन्छ । यस्तो अवस्थामा व्हाइट ब्रेड, व्हाइट पस्ता, बेक्ड फूड, चिप्स आदिको सेवन गर्नुको सट्टा हरियो सागपात र पोषण दिने खाद्यको सेवन गर्नुपर्दछ ।

फ्राइड फूड्स- खोकी लाग्दा फ्राइड फूड्सको सेवनले निकै नोक्सान पुर्याउन सक्छ । चिप्स, फ्रेन्च फ्राइज र जंक फूडलाई खोकी लाग्दा खानुहुँदैन ।

साइट्रस फ्रूट

साइट्रस एसिडले भरिपूर्ण फल खोकीको समस्यालाई थप बढाउन सक्छ । यस्तो अवस्थामा साइट्रस फलफूललाई पूर्ण रूपमा आहारबाट हटाउनु पर्दछ । यसको सट्टामा पानीले भरिपूर्ण तरबुजा, भुईकटहर, आलूबखडा आदिको सेवन गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया