काठमाडौँ । चुनावी प्रचारप्रसारका लागि गृह जिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाको हेलिक्पटर चडेर चुनावी सभालाई सम्बोधन गरेका छन्।

प्रधानमन्त्री देउवाले आजै चार ओटा गाउँपालिकाका चुनावी सभालाई सम्बोधन गरेका हुन्। उनले आजै डडेल्धुरा जिल्लाको ठूलो जनसंख्या रहेको परशुराम नगरपालिकाको लालढुङ्गा, आलिताल गाउँपालिकको घरेलु, भागेश्वर गाउँपालिकको रुपाल र अजयमेरु गाउँपालिको चमडामा चुनवी आमसभालाई सम्बोधन गरेको नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ले जानकारी दिए।

भौगलीक बिकट भएकाले प्रधानमन्त्री देउवाले सेनाको हेलिक्पटर प्रयोग गरेर चुनावी सभा कार्यक्रममा पुगेका थिए। माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य र केन्द्रीय सदस्य तथा समानुपातिक प्रतिनिधिसभा सभासदका उम्मेदबार सहित ५ सय कार्यकर्ता कांग्रेसमा प्रवेश भएका छन्।

चुनावी सभामा डडेल्धुरा जिल्लाका भित्री क्षेत्रमा चर्चितमानिने माओवादी केन्द्रका पोलेटव्यूरो सदस्य तथा डडेल्धुराबाट प्रतिनिधिसभा समानुपातिक सभासदका उम्मेदबार समेत रहेका जगत पार्की र माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्ष एवंम् बहालबाला केन्द्रीय सदस्य जनक कलौनीलगायत ५ सय जना माओवादी केन्द्र परित्यग गरी कांग्रेसमा प्रवेश गरेका कांग्रेस डडेल्धुरा सभापति मल्ले बताए।

प्रधानमन्त्री देउवाले उम्मेदवार र उम्मेदवार चढेको गाडीमाथि भएको आक्रमणको घोर भर्सना गरेका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया