-आइतवार

यात्रा प्रारम्भ गर्ने क्रममा चीनी अथवा यसमा बनेको परिकार या घीउ अथवा यसमा बनेको परिकार सेवन गरेर यात्रा गर्नुहोस्, जसले सफलता मिल्छ । यदि घीउ र चीनीको संयुक्त व्यंजन सेवन गरेमा सफलता मिल्ने सम्भावना प्रबल रहन्छ ।

-सोमवार

दूध वा यसबाट बनेको पदार्थ अथवा खिर खाएर, निधारमा टिका लगाएर यात्रा गर्नुहोस् । दुवै उपायको प्रयोग गरी यात्रा गर्नुहुन्छ भने शुभ सम्भावना वृद्धि हुन्छ । कुनै वृक्षमा पानी हालेर यात्रा गर्दा चार गुणा अधिक शुभ हुन्छ ।

-मङ्गलवार

गुड वा यसबाट बनेको कुनै पनि चिजको सेवन गरेर यात्रा गर्दा गर्नु शुभ मानिन्छ ।

-वुधवार

तिल वा यसबाट बनेको पदार्थको सेवन गर्नुहोस् । यसले यात्रालाई शुभ गराउँछ ।

-विहिवार

दही वा यसबाट बनेको पदार्थ वा मिठाई खाएर यात्रा गर्दा अनुकूलता आउँछ । यसले शुभ यात्राको संकेत गर्छ ।

-शुक्रवार

दही वा यसबाट बनेको पदार्थ सेवन गरी यात्रा गर्दा अनुकूलता आउँछ ।

-शनिवार

तिल वा यसबाट बनेको पदार्थ, खिचडी वा मासबाट तयार गरिएको व्यंजन खाएर यात्रा गर्दा अनुकूलता आउँछ ।

तपाईको प्रतिक्रिया