काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहाललाई दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा प्रचण्डले दागबत्ती दिँदा आँफुलाई संहाल्न सकेनन् । दागबत्ती दिहिरहँदा प्रचण्ड निकै बेर रोए । प्रकाशका जेठी श्रीमती सिजृनातर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । र कान्छी श्रीमती विनातर्फका छोरा प्रणव ६ वर्षका छन् । उनीहरु दुबै जनाको वर्तवन्ध नभएका कारण बुबा प्रचण्डले दागबत्ती दिएका हुन् । प्रकाशको आमा सितासँग काठमाडौँमा रहेका बेला आज बिहान ३ बजे हर्टअट्याकबाट सुतीहरको स्थानमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

छोरा प्रकाश दाहालको निधनको खबर प्रचण्डले अबेर गरी झापामा नै थाहा पाए । हेलिकोप्टरबाट अचानक काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा पुगेका थिए । माओवादी, एमाले, काँग्रेस नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन आर्यघाट पुगेका थिए ।

तपाईको प्रतिक्रिया