काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डसँग एकसाथ चुनावी सभामा चितवन पुगेका उनका छोरा प्रकाश दाहालले बिरामी भएको भन्दै झापाको कार्यक्रममा गएनन् । उनी चितवनबाट नै काठमाडौँ फर्किए तर प्रचण्ड बाग्लुगं, पर्वत लगायतका जिल्लामा पुगेर झापामा चुनावी सभालाई सम्बोधन गर्न हानिए । आमासँग काठमाडौँमा रहेका प्रकाशको आज बिहान ३ बजे हर्टअट्याकबाट सुतीहरको स्थानमा नै मृत्यु भएको अस्पतालले जनाएको छ । छोरा प्रकाश दाहालको निधनको खबर प्रचण्डलेल अबेर गरी झापामा नै थाहा पाए । हेलिकोप्टरबाट अचानक काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हान खोज्दा खोज्दै उनी पटक पटक पोखिए ।

छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनी यति भावविह्वल बनेकी उनलाई र प्रकाशलाई हेर्नेहरुको आखाँमा पनि आँसु रोकिएनन् । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी, एमाले, काँग्रेस नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका छन् । आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड रुँदा पेरिसडाँडामा प्रचण्डसँगै धेरै जनाको आँखामा आँसु बगीरहेको थियो ।

तपाईको प्रतिक्रिया