काठमाडौँ । माओवादी केन्द्रका नेता एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पशुपति आर्यघाटमा साँझ ५ बजे अन्त्येष्टि गरिने भएको छ । आज बिहान हृदयघातबाट निधन भएपछि उनलाई अचानक नर्भिक अस्पताल पुर्याईएको थियो । अस्पताल पुगनु अघि नै प्राण त्यागिसकेका प्रकाशको शव ४ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै साँझ नै अन्तयष्टि गरिने माओवादीले जानकारी दिएको छ । अहिले विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा उनका शुभचिन्तक अहिले अन्तिम श्रद्धान्जलीका लागी भेला भइरहेका छन् ।

तपाईको प्रतिक्रिया