काठमाडौँ । पति प्रकाश दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् । उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगे लगत्तै अस्पताल परिसरमा नै लडेपछि बेहोस बनेकी थिइन् । उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक छोरा छन् । त्यस्तै पतिलाई हेर्न कञ्चनपुरबाट काठमाडौँ आएकी श्रीमती बिना मगर अहिले अचेत अवस्थामा छिन् । उता आमा सिता दाहाल पनि अचेत अवस्थामा छिन् । प्रचण्ड निकै भावबिह्वल अवस्थामा अहिले अस्पतालमा छन् । दाहाललाई सान्तवना दिन र प्रकाशलाई श्रद्धान्जली लिन अहिले शीर्ष दलका शीर्ष नेताहरु अस्पताल जाने क्रम जारी छ । त्यस्तै एमाले अध्यक्ष केपी ओली, बामदेप गौतम, लगायतका नेताहरु पनि अस्पताल पुगेर प्रकाशलाई श्रद्धान्जली दिएका छन् । प्रकाश पत्नि बिना तीन वर्षीय छोरासहित काठमाडौं आएकी थिइन् । अस्पतालमा अहिले माहोल निकै भावुक छ । आफन्त र शुभचिन्तकहरुको रुवाबासी नै देखिएको छ नर्भिक अस्पतालमा ।

तपाईको प्रतिक्रिया