काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएसँगै अहिले काठमाडौँको नर्भिक अस्पतालमा आफन्त र शुभचिन्तकको भिड लागेको छ । यसैबिच केही बेर पहिले प्रचण्ड छोरालाई हेर्न अस्पताल पुगेका छन् । अस्पतालमा प्रकाश पत्नि बिना र आमा सिता अचेत अवस्थामा छन् ।

प्रचण्ड पनि निकै भावुक रुपमा देखिएका छन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली, बामदेप गौतम, लगायतका नेताहरु पनि अस्पताल पुगेर प्रकाशलाई श्रद्धान्जली दिएका छन् । प्रकाश पत्नि बिना तीन वर्षीय छोरासहित काठमाडौं आएकी थिइन् । प्रकाश दाहाल निधनको खवरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी पनि बेहोस बनेकी छन् ।

दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् । उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगेकी थिइन् ।अस्पतालमा अहिले माहोल निकै भावुक छ । आफन्त र शुभचिन्तकहरुको रुवाबासी नै देखिएको छ नर्भिक अस्पतालमा ।

तपाईको प्रतिक्रिया