काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको हृदयघातका कारण निधन भएपछि अहिले अस्पतालमा आफन्त र शुभचिन्तकको भिड लागेको छ । झापाको बिर्तामोडमा बसेका प्रचण्ड हेलिकोप्टर चढेर भर्खरै काठमाडौं झरे लगत्तै अस्पताल पुगेका छन् भन चुनावको प्रचारको क्रममा रहेकी बिना मगर पति प्रकाश दाहालको निधनको खबरसँगै छोरालाई लिएर काठमाडौंका लागि उडेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्। उनी तीन वर्षीय छोरासहित काठमाडौं पुगनै लागेको बताइएको छ । स्पतालमा अहिले आफन्त, माओवादीका नेता कार्यकता तथा शुभचिन्तकहरुको रुवाबासी नै भएको छ ।

तपाईको प्रतिक्रिया