काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको खबर पाए लगत्तै झापामा रहेका प्रचण्ड भर्खरै अस्पताल पुगेका छन् । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले गरेका छन् । प्रकाशको निधनको खबरले अहिले नर्भिक अस्पतालमा आफन्त र शुभचिन्तकको रुवाबासी भएको छ । झापाको बिर्तामोडमा बसेका प्रचण्ड हेलिकोप्टर चढेर काठमाडौँ आएका प्रचण्ड भर्खरै अस्पताल पुगेका छन् । प्रचण्ड हेलिकोप्टरमा चढ्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओली दमकबाट बिर्तामोड पुगेर भेटघाट गरेका थिए ।

तपाईको प्रतिक्रिया