ताजा खबर :- द नेशनल क्यान्सर इन्स्टीट्यूटको जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार, युवाअवस्थाका मानिसलाई कोलोरेक्टल क्यान्सरको खतरा बढ्दै छ । पहिले पहिले मानिन्थ्यो कि, कोलोरेक्टल क्यान्सर ५० वर्ष भन्दा माथिको उमेर समूहको मानिसलाई हुन्छ तर अब यो २० वर्ष उमेर वरिपरीका मानिसहरूलाई पनि हुन थालेको छ ।

के हो कोलोरेक्टल?

कोलोरेक्टल क्यान्सरलाई ठूलो आन्द्राको क्यान्सर पनि भनिन्छ । यो क्यान्सर ठूलो आन्द्रा(कोलोन) वा रेक्टम(गैस्ट्रो इन्टस्टाइनलको अन्तिम भाग)मा हुन्छ । यस क्यान्सरमा पेट सम्बन्धि थुप्रै समस्याहरू जस्तै इरिटेबल बाउल सिन्ड्रोम, बवासीर र कब्जियतको समस्या हुन्छ । अधिकांश मानिसहरूलाई यस क्यान्सरको शुरुवाती संकेतको बारेमा थाहा नै हुँदैन । यस अवस्थामा उनीहरूले यसलाई वेवास्ता गर्ने गल्ती गर्छन् । जबकि समयमै यस क्यान्सरको उपचार शुरू भएमा यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । चिकित्सकका अनुसार, कोलोरेक्टल क्यान्सरको हुनसक्ने यी ८ संकेतहरू यस्ता छन् ।

संकेत

१-दिसा गर्दा गाढा रातो वा कालो रंगको रगत आउनु । २-रेक्टमबाट लगातार ब्लिडिंग भैरहनु । ३-टोयलेटको टाइमिंग, फ्रिक्वेन्सी, शेप वा अमाउन्टमा परिवर्तन हुनु । ४-कब्जियत वा डायरियको समस्या लगातार बनिरहनु । ५-अचानक बिना कारण वजनमा कमी आउनु । ६-पेट र रेक्टममा बिना कारण दुखाई महसूस भैरहनु।

कोलोरेक्टल क्यान्सरको कारण

१-आहारमा कम फाइबर सेवन गर्नु । फ्याट, ओयली र प्रोसेस्ड फूड बढी सेवन गर्नु । २-शारीरिक क्रियाकलाप नगर्नु र बढी समय बसिरहनु । ३-डायबिटीज र इन्सुलिन रेजिस्टेन्स । ४-मोटोपन र बढी वजन । ५-अत्यधिक चुरोट र रक्सीको सेवन गर्नु ।

तपाईको प्रतिक्रिया