काठमाडौं, मंसिर ३ । मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् ।नव तस्करहरुले विभिन्न प्रलोभनमा ल्याइएका महिलालाई अन्य अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका हुन् ।उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन ।

दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ ।त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् ।मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ ।

दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ ।दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधिकारीहरुको छ । ‘दक्षिण अफ्रिका सरकारले विदेशी कामदारलाई वर्क परमिट दिंदैन ।तर पनि नेपालीहरु आइरहेका छन,’ दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले कान्तिपुरसँग भने, ‘यहाँ निकै स्किल कामदारको खोजी पहिलो हुन्थ्यो । अहिले त्यो पनि खोजी हुदैन । ३० प्रतिशत बेरोजगार यही छ ।सन २००० अघि राम्रा डक्टर, इन्जिनियर, प्राध्यापकहरुको खोजी हुन्थ्यो । अहिले त्यो पनि बन्द छ । त्यो समयमा समेत सामान्य श्रमिकको खोजि हुदैन थियो । सामान्य कामदारलाई यहाँ बैधानिक रुपमा काम गर्न छुट समेत छैन ।’ -कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया